काठमाडाैं। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताप्राप्ति र सत्ताको अवधि लम्ब्याउनका लागि जेसुकै गर्ने गरेको बताएका छन् ।
शासन सत्ता प्राप्तिका लागि भैँसी पूजा गरेको र टिकाउन गेरुवस्त्र धारण गरेर १०८ किलोको ढाकर बोकेको टिप्पणी उनले गरे ।
एमाले केन्द्रीय समितिमा मनोनीत सदस्यहरूको शपथ ग्रहण समारोहलाई आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले प्रचण्ड शासन सत्ताका लागि जेसुकै गर्न तयार रहेको आरोप लगाएका हुन् ।
‘जसरी हुन्छ, शासन प्राप्त गर्ने र त्यसलाई टिकाउन घुँडा टेकेर, लम्पसार परेर, भैँसी पुजन गरेर, गेरुवस्त्र धारण गरेर, जेसुकै गर्न पनि तयार, टुप्पी काटेर जनै चुँडाउन पनि तयार, किरियापुत्री मार्न पनि तयार, १०८ किलोको ढाकर बोकेर जान पनि तयार,’ ओलीले भने, ‘शासनमा लुप्त दुर्योधन पनि थियो, तर स्वाभिमानी थियो । लम्पसार पर्दैनथ्यो ।’
ओलीले माओवादीले दस्तावेजमा नलेखे पनि प्रचण्डपथ जीवित रहेको दाबी गरे । ‘प्रचण्डपथ सिद्धियो भन्नुहोला, दस्तावेजमा लेख्दैनन् होला, तर प्रचण्ड कायम रहुञ्जेल प्रचण्डपथ कायम रहन्छ । यो भनेको कुनै उद्देश्य नभएको, सत्ता स्वार्थ भएको पथ हो,’ ओलीले भने ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend