गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले नागरिकका समस्या, गुनासा र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले सांसद – नागरिक गुनासो व्यवस्थापन शिविर सम्पन्न गरेका छन्।
जनप्रतिनिधि स्वयं नागरिकको बीचमा पुगेर उनीहरूका समस्या सुन्ने, अभिलेखीकरण गर्ने र समाधानका लागि पहल गर्ने उद्देश्यले आयोजित शिविरलाई गोरखाका नागरिकले नयाँ र नमुना अभ्यासका रूपमा स्वागत गरेका छन्।
शिविरमा नागरिकले स्थानीय विकास निर्माणदेखि सार्वजनिक सेवा प्रवाहसम्मका विभिन्न विषयमा आफ्ना गुनासा तथा सुझाव राखेका थिए। विशेषगरी सडक, पुल तथा यातायात पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, त्यसले जनजीवनमा पारेको प्रभाव, कृषि तथा पशुपालन, खानेपानी, स्वास्थ्य, ऊर्जा, शिक्षा, प्रशासनिक सेवा प्रवाहमा देखिएका समस्या र कर्मचारी तथा प्रशासनिक प्रक्रियाका कारण नागरिकले भोग्नुपरेका कठिनाइबारे गुनासा प्राप्त भएका थिए।
शिविरमा प्राप्त गुनासा तथा सुझावलाई विषयगत रूपमा वर्गीकरण गरी व्यवस्थित अभिलेखीकरण गरिएको छ। संकलित विवरणअनुसार सडक, पुल तथा यातायातसम्बन्धी १६ वटा, कृषि तथा पशुपालनसम्बन्धी ७ वटा, ऊर्जा तथा विद्युत्सम्बन्धी ४ वटा, स्वास्थ्य सेवासम्बन्धी २ वटा र संस्कृति, पर्यटन तथा धार्मिक सम्पदासम्बन्धी ४ वटा र अन्य विभिन्न विषयसँग सम्बन्धित १६ गुनासा तथा सुझावसमेत गरी कुल ५७ वटा विषय अभिलेखीकरण गरिएको जनाइएको छ।
जनताका समस्या सुन्ने औपचारिक कार्यक्रमभन्दा पनि प्राप्त गुनासालाई प्राथमिकताका आधारमा वर्गीकरण गर्ने, समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने र कार्यान्वयनको अवस्थासमेत पछ्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।
नागरिकका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्यालाई जनप्रतिनिधिसमक्ष पुर्याउन सहज बनाउने तथा जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई थप जवाफदेही र उत्तरदायी बनाउने यो अभ्यासले स्थानीय तहमा सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नागरिकका गुनासा सुन्ने मात्र नभई तिनको समाधानका लागि संस्थागत पहल गर्ने अभ्यासका रूपमा यस कार्यक्रमलाई गोरखामा नयाँ संसदीय अभ्यासको सुरुवातका रूपमा हेरिएको छ।
काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएर आएका अडियो र उनीसँग सम्बन्धित...
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा काठमाडौं आएका...
काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बुधबार बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो। बैठकको कार्यसूचीबारे विस्तृत जानकारी सार्वजनिक भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend