Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • शंकर पोखरेलले भने- नयाँका नाममा ‘पलुलिस्ट’ राजनीति गर्नेले समाजलाई दिग्भ्रमितको कोसिस गरिरहेका छन्


    बिहिबार, जेष्ठ २५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का महासचिव नयाँका नाममा सुरु भएको राजनीति यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक भएको उल्लेख गरेका छन् ।

    राजनीतिक दलहरूले नीतिगत र वैचारिक रूपमा आफूलाई स्पष्ट ढंगले अगाडि बढाउन नसक्दाको परिणामस्वरूप केही ‘पपुलिस्ट’हरू यो क्षेत्रमा आउन खोजिरहेको उनको ठहर छ । तर, ती सबै व्यापारिक पुँजीवादको पक्षपोषक रहेको उनको जिकिर छ ।

    नयाँका नामबाट सुरु भएका राजनीतिक दलहरू यथास्थितिवादलाई पोषण गर्नेबाहेक अरू ठोस आधार र धरातल नभएको उनको बुझाइ छ ।

    महासचिव पोखरेलले समाजमा असन्तुष्टिको विकल्पका रूपमा कहिलेकाहीँ पपुलिस्टहरू राजनीतिमा आउने गरेको उल्लेख गरे । तर, उनीहरूले परिवर्तनको आकांक्षाहरूलाई सम्बोधन र समाजका समस्यालाई समाधान गर्न नसक्ने पोखरेलको भनाइ छ ।

    समाजमा कुनै एउटा क्षेत्रबाट ख्याति प्राप्त गर्नेबित्तिकै राजनीतिमा आएर यसलाई सही बाटोमा डोहोर्‍याउन सकिन्छ भन्ने मान्यता गलत रहेको उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार