Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लाइसेन्सको नवीकरण आइतबारदेखि खुल्ने


    बिहिबार, भाद्र २५ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ४ हप्तापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण खुल्ने भएको छ । प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालयले आइतबारदेखि उपत्यकामा लाइसेन्सको नवीकरणसम्बन्धी सेवा सुचारु गर्ने जनाएको हो । 

    कार्यालयले बिहीबार एक सूचना जारी गर्दै आइतबारदेखि नवीकरणसम्बन्धी सेवा सूचारु गर्ने जनाएको छ । तर, नयाँ लाइसेन्सका लागि परीक्षाको लागि भने अहिलेसम्म कुनै निर्णय गरिएको छैन । अरु सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द नै रहने कार्यालयले जनाएको छ । 

    कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा बढ्न थालेपछि भदौ १ गतेदेखि यस्तो सेवा बन्द गरिएको थियो ।

    license-nabikaran_VCrm4Piseh.jpg

     

      

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार