Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ईन्जिनियरसहित १३ जनाविरुद्ध  मुद्दा दायर


    बिहिबार, भाद्र २५ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  संघीय आयोजना इकाई, विराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर काशीप्रसाद गुप्तासहित १३ जना उपर १६ करोडभन्दा बढी आर्थिक हिनामिना गरेको मन्दै सो बिगो दाबीसहित  आरोपपत्र दायर गरेको छ ।

    आयोगले बिहीबार उनीहरुमाथि १६ करोड ७२ लाख ५६ हजार ४ सय ९६ रुपैयाँ ८६ पैसा गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आरोपपत्र काशीप्रसादकी श्रीमती मिना गुप्तासहित १३ जनाविरुद्ध दायर गरिएको अख्तियारले जनाएको छ ।

    साथै आरोपी गुप्ताले आफन्तहरुको नाममा खाता खोली रु १० करोड ४४ लाख, ४३ हजार, ७ सय ८३ रुपैयाँ ९८ पैसा रकम लुकाई छिपाई राखेको देखिँदा भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ४७ एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख.बमोजिम निजहरुलाई सम्पत्ति जफत प्रयोजनार्थ मात्र प्रतिवादी कार्य गर्ने मागदावी लिइएको अख्तियारले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार