Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश सरकारबाट स्थानीय पालिकालाई एक करोड रूपैयाँ


    बिहिबार, भाद्र २५ २०७७
    700
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • माेरङ । प्रदेश नं १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनका लागि स्थानीय पालिकालाई थप रु एक करोड १० लाख उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनका लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासनलगायतलाई आवश्यक रकम पठाइएको हो । 

    मोरङ्गका सुनवर्षी र  रतुवामाई नगरपालिकालाई रु १०/१० लाख तथा धनपालथान, जहदा र कटहरी गाउँपालिकालाई रु पाँचपाँच लाखका दरले आइसोलेशन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाइएको छ । त्यस्तै चौदण्डीगढी नगरपालिकालाई रु १० लाख तथा गौरीगञ्ज र कमल गाउँपालिकालाई रु पाँचपाँच लाख प्रदेश सरकारले पठाएको छ । 

    यसैगरी इलाम अस्पताललाई रु १० लाख, उदयपुर अस्पताललाई रु १५ लाख र  झुम्का कारागारलाई रु १० लाख पठाइएको छ । सुनसरी जिल्लाका क्वारेन्टिन, आइसोलेशन र होल्डिङ सेन्टर व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई रु १० लाख र प्रदेश प्रहरी कार्यालय परिसरभित्रको आइसोलेशन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई रु १० लाख प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट उपलब्ध गराएको हो । 

    स्थानीय पालिकाको आवश्यकता र मागबमोजिम प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउँदै आएको मुख्यमन्त्री शेरधन राईले बताए । कोभिड महामारी पराजित गर्न तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य रहेको मुख्यमन्त्री राईको  भनाइ छ । 

    प्रदेश १ मा ८६  सङ्क्रमित थप
    प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा  ८६ कोरोना सङ्क्रमित  थपिएका छन् । थपिएकामा २३ महिला र ६३  पुरुष छन् । प्रदेशमा हालसम्म चार हजार ४९८ जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन् ।

    आज पाँच जनासहित प्रदेशमा एक हजार ९५३ जना कारोनाबाट मुक्त भइसकेका छन् ।  प्रदेशमा पछिल्लो २४ घण्टाका अवधिमा एक हजार ५११ जनासहित हालसम्ममा एक लाख चार हजार ८४४ जनाको पिसिआर परीक्षण भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार