काठमाडौं । काठमाडौं उपत्यकामा संक्रमितको संख्या झन् बढेको छ । बिहीबार उपतुयकाका तीन जिल्लामा गरी ५ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार काठमाडौंका ४ सय ९५ , भक्तपुरका ३४ र ललितपुरका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार देशभर १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ।