Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बेलायतका चिनियाँ राजदूतको ट्वीटरबाट पोर्न क्लिप लाइक भएपछि छानबिन गर्न माग


    बिहिबार, भाद्र २५ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । बेलायतस्थित चिनियाँ राजदूतावासले राजदूतको अकाउन्टबाट पोर्नोग्राफिक भिडियो क्लिप लाइक भएपछि ट्वीटरलाई ‘विस्तृत छानबिन’ गर्न माग गरेको छ । राजदूत लिउ जियाओमिङको अकाउन्टबाट उक्त भिडियो क्लिप लाइक भएकाे हाे।

    जनतालाई भ्रमित पार्न ‘चीनबिरोधी तत्त्व’हरुले लिउको अकाउन्टमाथि क्रुर अक्रमण गरेको चिनियाँ अधिकारीहरुले दाबी गरेका छन् । यस विषयमा ट्वीटरले कुनै प्रतिक्रिया जनाएको छैन ।

    एक वयस्क सामग्री पोष्ट गर्ने पेजमा चिनियाँ भाषामा लेखिएको विवरणसहितको १० सेकेन्डको क्लिपमा राजदूतको ट्वीटरबाट लाइक गरिएपछि यसबारे चर्चा सुरु भएको थियो । लण्डनमा रहेको मानवअधिकारवादी अभियानकर्ताले ट्वीटरलाई यसबारे जानकारी दिँदै स्क्रीनसट सेयर गरेका थियो ।

    त्यसपछि उनको ट्वीटरबाट उक्त भिडियो अनलाइक भएको थियो । तर, अन्य विवादीत ट्वीट भने केही समय अझै त्यतिकै रहेको थियो । पछि त्यसलाई पनि हटाइएको थियो । त्यस्तै उनकै अकाउन्टबा चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को आलोचना गरेको एउटा पोष्ट पनि लाइक भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार