Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • अन्तराष्ट्रिय उडानका लागि सरकारको निर्णय – उडान संख्या थप्ने, पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई स्वदेश ल्याउने


    बिहिबार, भाद्र २५ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले कारोना संक्रमणका कारण अप्ठेरोमा परेका सबै नेपाली नेपाल आउन चाहेमा नेपाल ल्याउन सकिने गरी उडानको व्यवस्था गर्ने भएको छ। यसका लागि उडान संख्या थप गरेर भए पनि व्यवस्था गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए।

    उपप्रधान मन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीका बीचमा भएको छलफल पश्चात् प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तरार्ष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको मन्त्री भट्टराईले जानकारी दिए। 

    तर नेपाल आउन चाहनेहरुको पीसीआर रिपोर्ट नेगेटिभ भने अनिवार्य हुनुपर्ने उनल‍े बताएका छन् । सरकारले यसअघि नै नेपाल आउने सबैको पीसीआर नेगेटिभ रिपोर्ट भएपछि मात्र बोर्डिङ पास उपलब्ध गराउन वायुसेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको छ। 

    यस्तै  कुनै कम्पनीले आफ्नै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने भएको छ। श्रम कल्याणकारी कोषबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशका नियोगसँगको समन्वयमा उडानको व्यवस्था गरिने समेत निर्णय भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार