काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमण बढ्दो क्रममा छ । पछिल्लो समय दैनिकरुपमा प्रहरीहरु कोरोना संक्रमण देखिइरहेका छन् ।
हालसम्म चार डीआईजीसहित २५ सय ५८ जनालाई कोरोना संक्रमण भएको छ । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ९ सय ३ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।
११ सय ३० जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १४२ र काठमाडौं उपत्यकाका ७६१ जना सक्रिय संक्रमित छन् ।
हरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १ सय ३९, प्रदेश २ मा ६०, बागमती प्रदेशमा ८१, गण्डकीमा ८१, प्रदेश ५ मा १ सय ७, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १३ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।