Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा एकै दिन झण्डै ९६ हजार जना संक्रमित थपिए


    बिहिबार, भाद्र २५ २०७७
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नयाँदिल्ली । कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा एकै दिनमा झण्डै ९६ हजार जना संक्रमित थपिएका छन् ।  
    एकै दिन यति धेरै संक्रमित भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । 

    पछिल्लो विवरण अनुसार गत २४ घण्टामा भारतमा कुल ९५ हजार ७३५ जना मानिस कोरोनाभाइरसबाट संक्रमित भेटिएका छन् । 
    योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या ४४ लाख ६५ हजार ८६४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल संक्रमित मध्ये ९ लाख १९ हजार १८ जना अझै पनि सक्रिय संक्रमित अवस्थामै रहेका छन् । मन्त्रालयका अनुसार अरु ३४ लाख ७१ हजार ७८४ जना भने कोरोनाभाइरसबाट संक्रमणमुक्त भइसकेका छन् ।

     
    भारतमा अहिलेसम्म ७५ हजार ६२ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । ती मध्ये एक हजार १७२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतका प्रदेशहरु मध्ये सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा २३ हजार ८१६ जना संक्रमित भएका छन् ।

    महाराष्ट्रमा अहिलेसम्म कुल नौ लाख ६७ हजार ३४९ जना सङ्क्रमित भएका छन् भने ती मध्ये दुई लाख ५२ हजार ७३४ जना अझै पनि सक्रिय संक्रमित अवस्थामै रहेका छन् । त्यहाँ अहिलेसम्म २७ हजार ७८७ जनाको कोरोनाकै कारण मृत्यु भएको प्रदेश स्वास्थ्य विभागले जनाएको छ  । एएनआई

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार