Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • सवारीसाधनको नम्बर प्लेट नेपालीमा राख्न माग


    बिहिबार, भाद्र २५ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा। नेपाली भाषा शिक्षक परिषद् कास्कीले सवारीसाधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा मात्र राख्न सर्वोच्च अदालतले हालै जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ । 

    परिषद्का अध्यक्ष डिल्लीराम अर्यालद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा सर्वोच्चको उक्त निर्णयले नेपाली भाषालाई निर्मम ढुङ्गाले प्रहार गरेर ध्वस्त पार्ने र यसको अस्तित्वलाई धरासायी बनाउन षड्यन्त्रमूलक तरिकाले आएको भन्दै आपत्ति व्यक्त गरेको हो ।

    विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भाषा हाम्रो मौलिकता, राष्ट्रियता, संस्कृतिका साथै अस्तित्वको संवाहक हो । भाषाको गरिमालाई नजरअन्दाज गर्दै समयसमयमा राष्ट्रियता कमजोर पार्न, जातीय गौरव र संस्कृति मेटाउन तथा विशेष गरी भाषामाथि प्रहार गर्ने काम परचक्रीबाट हुँदै आएको छ । विदेशी आयातित भाषाका आडमा राष्ट्रभाषाका रूपमा रहेको नेपाली भाषामाथि निर्मम ढङ्गले प्रहार गरिँदै आएको इतिहास साक्षी छ ।’ 

    विज्ञप्तिमा नेपालभर सञ्चालन हुने कुनै पनि सवारीसाधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा राखिनुको कुनै प्रयोजन र औचित्य पुष्टि हुन नसक्ने जनाउँदै उक्त राष्ट्रघाती फैसलालाई तुरुन्त बदर गरी नेपाली भाषामा नै नम्बर प्लेट राख्ने प्रावधानलाई कडाइका साथ लागू गर्न माग गरिएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार