काठमाडौं । नेपाल स्टक एक्सचेन्जको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएको छ । प्रणालीमै समस्या देखिएकाले कारोबार नै रोक्का गरिएको बताइएको छ । आन्तरिक प्रणालीमा समस्या आएको नेप्सेले जनाएको छ।
दुई साताअघि पनि नेप्सेको प्रणालीमा समस्या आउँदा तीन घण्टा कारोबार बन्द भएको थियो। कारोबार समयमा रोकिँदा तीन बजेदेखि ५ बजेदेखि पुनः कारोबार सुरु भएको थियो। आज पनि समस्या समाधान नभएसम्म कारोबार नहुने नेप्सेले जनाएको छ।