Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ हुँदै


    बिहिबार, भाद्र २५ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।संसद्को संसदीय सुनुवाइ समितिले राजदूतमा प्रस्तावित तीन जनाको संसदीय सुनुवाइ गर्दैछ।

    आज दिउँसो सार्वजनिक लेखा समितिको हलमा बस्ने समिति बैठकमा विभिन्न तीन देशका लागि प्रस्ताव भएका राजदूतको सुनुवाइ हुन लागेको हो । सरकारले बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई सिफारिस गरेको छ ।

    संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर १२ भदौमा उनीहरूविरूद्ध उजुरी मागेको थियो। आज साढे ११ बजे बस्ने समितिको पहिलो बैठकमा उनीहरूविरूद्ध परेका उजुरीको खामबन्दी खोली सदस्यहरूलाई वितरण गरेर त्यसमा छलफल हुनेछ।

    त्यसपछि साढे १२ बजे दोस्रो बैठक बसी प्रस्तावित राजदूतहरूसँग छलफल गरी राजदूतमा उनीहरूलाई अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्नेछ। उनीहरूलाई १ भदौको मन्त्रिपरिषद्को बैठकले राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

    संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्नेछिन्। दक्षिण अफ्रिका, दक्षिण कोरिया, श्रीलंकालगायत देशमा राजदूत अझै रिक्त छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार