Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जोडियो छिनिएको हत्केला


    बुधबार, भाद्र २४ २०७७
    640
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दुर्घटनामा पुरै हात छिनेका एक बिरामीको हात १० घण्टा लामो शल्यक्रिया गरी जोडिएको छ। काठमाडौंको दक्षिणकाली स्थित एक कारखानामा काम गर्ने सर्लाही गाउँपालिकाका १८ वर्षीय रवी सिंहको मेशिनले छिनेको हात राष्ट्रिय ट्रमा सेन्टरमा लामो सल्यक्रियापछि जोडिएको हो।  

    फ्लेक्स पाइप मेशिनले सिंहको दाहिने हत्केला पुरै छिनेपछि ट्रमा सेन्टरको आकस्मिक कक्षमा भर्ना भएका थिए।  अस्पतालका प्लाष्टिक सर्जरीका प्रमुख प्रा.डा.पियूष दाहालको नेतृत्वमा प्लाष्टिक सर्जनहरु डा. कृष्ण मानन्धर, डा. अपार लामिछाने, डा. कलमराज पाठक तथा एनेस्थेसियाका डा. रुपेश यादव, डा.छिरिङ शेर्पा र नर्सहरु पिङ्की लागेजु र अनुपमा फुयाँलको संलग्नतामा १० घण्टा लगाएर सफल शल्यक्रिया गरिएको अस्पतालका प्लास्टिक सर्जन डा. अपार लामिछानेले जानकारी दिए।  

    सिंह अस्पतालको आकस्मिक कक्षामा असार २९ गते भर्ना भएका थिए। यस अघि टिचिङ अस्पताल र १२ वर्ष अघि पोखराका एक चिकित्सकले पनि यस्तो शल्यक्रिया गरेका थिए। अन्य अस्पतालमा भने यस्तो शल्यक्रिया भइसकेको भएपनि राष्ट्रिय ट्रमा सेन्टरमा भने पहिलो पटक हो। हात जोड्ने शल्यक्रियालाई जटिल शल्यक्रिया मानिन्छ।

    सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा पौडेलका अनुसार यसअघि औँला जोड्ने गरिएकामा हत्केला भने पहिलो पटक जोडिएको हो । ती बिरामीको हत्केला जोड्नका लागि १८ चलाउने नशा, पाँच नशा, तीन आर्टरी र चार हड्डी जोड्नुपरेको थियो ।

    शल्यक्रियामा प्रा डा दाहालसहित डा कृष्ण मानन्धर (प्लाष्टिक सर्जन) डा अपार लामिछाने (प्लाष्टिक सर्जन), डा कमलराज पाठक (प्लाष्टिक सर्जन रेजिडेन्ट) तथा एनेस्थेसियाका डा रुपेश यादव, डा छिरिङ शेर्पा र नर्सिङ टिमका पिङ्की लागेजु र अनुपमा फुयाँल रहनुभएको थियो । ती व्यक्तिले गत साउन २२ गते डिस्चार्ज भई स्वास्थ्यलाभ गर्दै अहिले फिजियोथेरापीमा फिजियो गराइरहेको जनाइएको छ ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार