Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सामाजिक सञ्जाल दुरुपयोग गर्ने पक्राउ


    बुधबार, भाद्र २४ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ ।  जिल्ला प्रहरी कार्यालय बागलुङले अभद्र व्यवहार गरेको कसुरमा बागलुङ नगरपालिका–४ कुँडुलेका चन्द्रकान्त पौडेललाई आज पक्राउ गरेको छ । एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी, माउण्टेन टेलिभिजनका संवाददाता सुवास आचार्य र इ–बागलुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरेले दिएको उजुरीका आधारमा पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    पौडेलमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले बताए । यसअघि पत्रकार त्रयले विद्युतीय अपराधमा समेत पौडेलविरुद्ध प्रहरीमा मुद्दा दर्ता गराएका छन् ।

    पौडेल सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्तिगत मानहानी र पेशागत चरित्रमा आँच आउने गरी गालीगलौजमा उत्रेकाले मुद्दा दिनु परेको पत्रकार राजभण्डारीले बताए । पौडेलले केही दिनयता पत्रकार, प्रशासक, दलका नेतालगायतलाई लक्षित गरी अमर्यादित ढङ्गले लेखिएका पोष्ट÷भिडियो फेसबुकमा राख्दै आएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार