काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि गरेर नयाँ आदेश जारी गरेका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई थप खुकुलो बनाइएको बताए । अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने उनकाे भनाइ छ ।
उपत्यकामा निषेधाज्ञा खुकुलाे भएसँगै सवारीसाधन सञ्चालनमा जोर-बिजोर प्रणाली लागु हुने बताइएकाे छ । तर काठमाडौं उपत्यका प्रवेशमा भने कडाइ गरिने छ । उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ ।
कुनकुन क्षेत्र कसरी खुला गर्ने भन्ने केहीबेरमा सूचना प्रकाशित हुनेछ । स्रोतका अनुसार निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछ ।