Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • उपत्यकामा थपिए ४६४ संक्रमित, काठमाडौंमा मात्रै ३९४


    बुधबार, भाद्र २४ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३ सय ९४ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जना नयाँ संक्रमित थपिएका हुन्।  

    बुधबार देशभर १ हजार ८१ जनामा कोरोना देखिएको छ। अहिले देशभर १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो पटक ९ सय १८ जना कोरोना मुक्त भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार