Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि थपिए हजार भन्दा बढी कोरोना संक्रमित, डिस्चार्ज भए ९१८ जना


    बुधबार, भाद्र २४ २०७७
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना भाइरसका १ हजार ८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

    देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । 

    यस्तै बुधबार ९ सय १८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३३ हजार ८ सय ८२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलब ८ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ७ लाख ९९ हजार ३४१ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

    देशभरका संस्थागत आइसोलेसन ७ हजार ९८८ जना र होम आइसोलेसनमा ७ हजार ३७ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४८० जना क्‍वारेन्टिनमा रहेका छन् । 

    देशभर २२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १६२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 

    पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ । 

    हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार