Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटमा डीएसपीसहित थप ५८ जनामा कोरोना


    बुधबार, भाद्र २४ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रौतहट । रौतहटमा बुधबार सुरक्षाकर्मीसहित ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये चन्द्रपुरस्थित इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपीसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डीएसपीसँगै कार्यालयका दुई प्रहरी निरीक्षकलाई पनि संक्रमण देखिएको छ ।

    बुधबार चन्द्रपुर नगरपालिकामा २८, यमुना माईमा १२ र दुर्गा भगवती गाउँपालिकाको १८ जनामा संक्रमण पुष्टि भएको हो । कन्ट्याक ट्रेसिङको आधारमा स्वाब संकलन गर्दा यमुनामाईका सुरक्षाकर्मी लगायतमा संक्रमण देखिएको हो ।

    जिल्लामा समुदायमा संक्रमण देखिन थालेपछि स्थानीय प्रशासनले भदौ ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

    जिल्लाभित्र कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि विभिन्न १८ स्थानीय तहले ३ सय ९९ बेडको आइसोलेशन तयार पारेका थिए । झण्डै १२ हजार मानिस अट्न सक्ने क्षमताको क्वारेन्टाईन संचालनमा ल्याएपनि हाल क्वारेन्टाइनमा ५ जना मात्र छन् ।

    जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्यांकमा पनि अहिले सम्म जिल्लामा १ हजार ६ सय ७१ जनामा संक्रमण पुष्टि भैसकेको छ । ती मध्ये १ हजार ५ सय ४७ जना निको भएर घर फर्किसकेका छन् । आइसोलेसनमा १ सय २४ जना छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार