Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवलपरासीमा थपिए ७ प्रहरीसहित ४० कोरोना संक्रमित


    बुधबार, भाद्र २४ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • परासी । पश्चिम नवलपरासीमा ७ प्रहरीसहित एकै दिन ४० जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार संक्रमण देखिएकामा सबैभन्दा बढी सुनवल नगरपालिकामा ४ वर्षीय बालकसहित २७ जना रहेका छन् ।

    संक्रमण देखिएका प्रहरीमा सुनवल नगरपालिकास्थित प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहाका हुन्। नगरपालिकाका वडाअध्यक्ष, सोही नगरपालिकामा बस्ने जिल्ला स्तरीय नेता र मुटु अस्तपतालमा उपचारका लागि गएका बिरामीहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई गरिएको कन्ट्याक्ट ट्रेसिङका क्रममा कोरोना संक्रमण देखिएको बताइएको छ । 

    एकै दिन थपिएका अन्य १३ जनामा पाल्हीनन्दन गाउँपालिकामा ११ र रामग्राम नगरपालिकामा २ जना छन्। हालसम्म जिल्लामा संक्रमित हुनेको संख्या ३ सय १२ जना पुगेको छ। ५ सय ४९ को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार