Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ऋण लिइ घर र गाडी किनेकाकालाई राहत, ब्याजदर परिवर्तन नगर्न राष्ट्र बैंकको निर्देशन


    बुधबार, भाद्र २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट घर तथा गाडी कर्जा लिएकालाई राहत हुने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशिका जारी गरेसँगै ती ऋणीहरुलाई राहत हुने भएको हो । 

    कोरोनाको कारण अस्तव्यस्त भएको अर्थतन्त्रका कारण यतिबेला ऋण लिएर घर बनाएका तथा गाडी किनेकालाई किस्ता तिर्न नै मुश्किल भैरहेको छ । यस्तो बैंक तथा वित्तीय संस्थाले ती ऋणीलाई ब्याजको दर बढाएर दु:ख दिनसक्ने देखिएसँगै राष्ट्र बैंकले यसलाई रोकेको छ । 

    बैंकहरुले भुक्तानी अवधिभर घर र गाडी कर्जामा ब्याजदर परिवर्तन गर्न नपाउने गरी राष्ट्र बैंकबाट निर्देशन जारी भएको छ ।

    राष्ट्र बैंकले एकीकृत निर्देशिका सार्वजनिक गर्दै घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो। मंगलबार सार्वजनिक भएको निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत कर्जामा ब्याजदर परिवर्तन गर्न पाउने छैनन्।

    यसअघि बैंकहरुले सुरुमा सस्तो ब्याज भन्ने र पछि ब्याज बढाएर ऋणीलाई दु:ख दिने गरेका थिए । राष्ट्र बैंकको यो निर्देशनसँगै अब कर्जाको अवधिभर व्यक्तिगत कर्जामा एउटै ब्याजदर लागू हुने भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार