Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकाको निषेधाज्ञाबारे आज निर्णय हुँदै


    बुधबार, भाद्र २४ २०७७
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञा लम्ब्याउने या खुकुलो बनाउने विषयमा आज बुधबार निर्णय हुने भएको छ। 

    गत २१ दिनदेखि जारी निषेधाज्ञाको समय बुधबार मध्यरातमा सकिँदै छ। निषेधाज्ञाका बारेमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निर्णय लिने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए। यसअघि तीनै जिल्लाका सीडीओहरुले गृह मन्त्रालयलाई यसबारे निर्णय गर्न आग्रह गरिसकेको छ । 

    यसअघि उपत्यकाका दुई महानगरसहित १८ वटा नगपालिकाहरुको साझा संस्था उपत्यका नगरपालिका फोरमको मंगलबार बसेको बैठकले उपत्यका छिर्ने सबै नाकामा कडाइ गर्न सेना खटाउन माग गर्ने निर्णय गरेको थियो। 

    भदौ २५ गतेदेखि नगरपालिका र वडाबाट सञ्चालन हुने सेवालाई नियमित गर्ने र आवश्यकताअनुसार सञ्चालन गर्दै लैजाने निर्णय पनि बैठकले गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार