Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज तरकारी र फलफूलको मूल्य कति ?


    बिहिबार, जेष्ठ १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ

    जसअनुसार गोलभेँडा ठुलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य २५ रुपैयाँ, मटरकोशा प्रतिकेजी मूल्य १८० रुपैयाँ, कुरिलो प्रतिकेजी १५० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४० रुपैयाँ कायम भई कारोबार भइरहेको छ।

    त्यसैगरी कागती १५० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ, डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ , न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ, लोकल काँक्रो एक सय रुपैयाँ, अदुवा प्रतिकेजी २४० रुपैयाँ तोकिएको समितिले जनाएको छ।

    समितिका अनुसार तरबुजा प्रतिकेजी ४० रुपैयाँ, अनार ३२० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, ताजा माछा (रहु) ३३० रुपैयाँ, ताजा माछा(मुंगरी) ३२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार