Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • कुरिलो प्रतिकेजी १५० रुपैयाँ, अन्य तरकारीको मूल्य कति?


    बुधबार, जेष्ठ १७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको मूल्य सूची सार्वजनिक गरेको छ।

    जसअनुसार गोलभेँडा ठुलो प्रतिकेजी ३० रुपैयाँ, मकै बोडी प्रतिकेजी ५० रुपैयाँ, कुरिलो प्रतिकेजी १५० रुपैयाँ, काउली प्रतिकेजी ७० रुपैयाँ र आलु रातो प्रतिकेजी ३९ रुपैयाँ कायम भई कारोबार भइरहेको छ।

    त्यसैगरी कागती १५० रुपैयाँ, चमसूरको साग एक सयरुपैयाँ, डल्लेच्याउ प्रतिकेजी २७० रुपैयाँ , न्यूरो प्रतिकेजी ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ, लोकल काँक्रो प्रतिकेजी ११० रुपैयाँ, अदुवा प्रतिकेजी २३० रुपैयाँमा बिक्री भइरहेको समितिले जनाएको छ।

    समितिका अनुसार तरबुजा प्रतिकेजी ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २२० रुपैयाँ, ताजा माछा (रहु) ३३० रुपैयाँ र ताजा माछा(मुंगरी) ३२० रुपैयाँ तोकिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार