Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस नेतृ तथा पूर्वराज्‍यमन्त्री मीना पाण्डेको निधन


    मंगलबार, जेष्ठ १६ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, बालबालिका तथा समाज कल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ । आज काठमाडौंको गौशालास्थित निवासमा पाण्डेको निधन भएको हो ।

    पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कारको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ । सर्लाही– २ बाट २०४८ र ०५१ मा प्रत्यक्ष निर्वाचित भएकी पाण्डे २०७४ मा समानुपातिक सांसद थिइन् । ०५६ सालमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री भएकी थिइन् ।

    २०२५ सालदेखि राजनीतिमा लागेकी पाण्डे पद्मकन्या कलेजको स्ववियु सभापति समेत भएकी थिइन् । नेपाल महिला संघमा अध्यक्षको जिम्मेवारी समेत सम्हालेकी पाण्डे पार्टीको ११ औं महाधिवेशनमा पार्टीको केन्द्रीय समिति सदस्य बनेकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि पछिल्लो समय उनी निष्क्रिय थिइन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाण्डेको निधनमा शोक प्रकट गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार