Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागूऔषधसहित तीन जना पक्राउ


    मंगलबार, भाद्र २३ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । नेपाल प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले महानगरीय प्रहरी परिसर भक्तपुरको सहकार्यमा ठूलो परिमाणमा लागूऔषधसहित तीनजनालाई आज विहान भक्तपुरको सल्लाघारीबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसेका ३६ वर्षीय विष्णु प्रधान, सोही ठाउँका ३७ वर्षीय डम्बरबहादुर प्रधान र सिन्धुपाल्चोक भोटेकोशीका ३२ वर्षीय शङ्कर खड्का रहेका छन् । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले ना ३ ख ९८९ नम्बरको कन्टेनरमा लुकाएर लागूऔषध कारोबार गरेको सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । 

    “सल्लाघारीमा लागूऔषधसहित डम्बर र विष्णुलाई पक्राउ गरेपनि लागूऔषध कारोबारमा संलग्न शङ्करलाई भने बुढानिलकण्ठबाट पक्राउ गरेका हौँ”,प्रवउ थापाले भन्नुभयो । कन्टेनरको सिटमुनी लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएको उहाँको भनाई छ ।

    प्रहरीले पक्राउ व्यक्तिसँग दुई हजार ९५० एम्पुल डाईजेपाम, तीन हजार एम्पुल नाईट्रोभेट, दुई हजार ९५० एम्पुल प्रोमाथाजिन, एक हजार ४०० एम्पुल नुर्फिन र एक हजार ५०० एम्पुल बुफ्रोपिन बरामद गरेको छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार