Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मध्यरातमा लुटपाट गर्नेलाई साँखु प्रहरीले १२ घन्टामै समात्यो


    मंगलबार, भाद्र २३ २०७७
    595
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मध्यरातमा बाटो छेकेर लुटपाट गर्ने तीनजनालाई साँखु प्रहरी प्रभागले १२ घन्टाभित्रै पक्राउ गर्न सफल भएको छ । सोमबार राति २ बजे सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ मोटरसाइकलमा सवार ज्ञानेन्द्रप्रसाद खतिवडालाई लप्सेफेदीको जंगलमा कुटपिट गरी उनीसँगबाट २५ हजार रुपैयाँ लुटपाट गर्ने अनिल लामासहित ३ जनालाई साँखु प्रहरी प्रभागको टोलीले पक्राउ गरेको छ । काठमाडौंको शंखरापुर नगरपालिका ३ लप्सेफेदीस्थित जंगलमा सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ कुखुराको गाडीसंँगै मोटरसाइकलमा आउँदै गरेका खतिवडालाई जंगलमा ४–५ जनाको समूहले बाटो छेकेर कुटपिट गरी उनीसँग भएको २५ हजार रुपैयाँ लुटेको थियो ।

     खतिवडालाई लुटेराले कुटपिट गरी रकम लुटेको खबर प्राप्त हुनासाथ साँखु प्रहरी कार्यालयले तत्कालै दोषीलाई खोजी गर्न प्रहरी परिचालन गरेको थियो । रातको समय भएकाले पीडित खतिवडाले घटनामा संग्लग्नलाई चिन्न नसकेको प्रहरीलाई बताए । पीडित खतिवडाले प्रहरी कार्यालयमा मंगलबार बिहानै हुलियासमेतको विवरण बताउने वित्तिकै तत्कालै प्रहरी परिचालन गरिएको साँखु प्रहरी प्रभागका इन्चार्ज गोविन्द पन्थीले जानकारी दिए । प्रहरीले घटना घटेको १२ घन्टाभित्रै लुटेरा पहिचान गरी पक्राउ गर्न सफल भएको छ ।

    प्रहरीको अनुसन्धानमा घटनामा संलग्नहरु बिगतमा समेत त्यस्ता उशृंख्रल गतिबिधिमा संग्लन भएको पाइएको साँखु प्रहरीले जनाएको छ ।  मध्यरातमा बाटो छेकेर बाटोमा हिंडेका ब्यक्तिलाई आक्रमण गरी घाइते बनाएर रकम समेत लुटपाट गरेको देखिँदा थप अनुसन्धान एबं कारबाहीका लागि महानगरीय प्रहरी बृत्त बौद्ध पठाइएको साँखु प्रहरीले जनाएको छ ।

    पक्राउ पर्ने लुटेराहरुमा शंखरापुर चौकीभन्ज्याका २४ बर्षीय अनिल लामा, शंखरापुरको बागबारस बस्ने पेम्वा लामा र जर्सिङपौवाका वीरेन्द्र वाइवा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार