काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २ अर्ब रुपैयाँ बराबरको चुक्ता पूँजी थप्ने भएको छ । हाल १ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको नेप्सेले त्यसलाई बढाएर ३ अर्ब रुपैयाँ कायम गर्ने भएको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेन्ज भित्र्याउन धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ दोस्रोपटक संशोधन गर्दै स्टक एक्सचेन्जका लागि ३ अर्ब रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था गरेको छ ।
उक्त कुल पूँजीमा स्टक एक्सचेन्जका एक शेयरधनीले बढीमा १५ प्रतिशत मात्र शेयर ग्रहण गर्न सक्ने, सञ्चालनको २ वर्षभित्र कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने र स्टक एक्सचेन्जले प्रयोग गर्ने कारोबार प्रणाली विदेशका कम्तीमा तीन स्टक एक्सचेन्जमा प्रयोग गरेको हुनुपर्ने व्यवस्था नियमावलीमा छ । बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ दोस्रो संशोधन गत भदौ २६ गतेदेखि लागू गरेको हो ।
संशोधित नियमावली लागू हुनुअगावै सञ्चालनमा रहेको नेप्सेलाई उक्त व्यवस्था अनिवार्य नभए पनि प्रतिस्पर्धी बन्न पूँजी बढाउनुपर्ने आवश्यकता देखिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीको भनाइ छ । हालसम्म प्राप्त गरेको वित्तीय तथा प्राविधिक सफलतालाई कायम राखी नयाँ उपकरण तथा प्रविधिका साथ अघि बढे प्रतिस्पर्धी बजार सञ्चालक बन्न सकिने विश्वास नेप्सेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend