Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा सुर्खेतका दुई नेतालाई कोरोना संक्रमण


    मंगलबार, भाद्र २३ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेतका दुई नेतामा कोरोना संक्रमण पुष्टि भएको छ । नेकपा सुर्खेतका सचिव कृष्ण जिसी -जितेन्द्र) र सदस्य रत्न गाहामगरलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    भदौ १७ गते ती दुई नेताको पीसीआर परीक्षण गरिएको थियो । सोमबार आएको रिपोर्टमा पोजेटिभ देखिएको हो । 

    सामान्य रुघाखोकी मात्र लागेकाले सचिव जिसी वीरेन्द्रनगरकै एक होटेलको आइसोलेशनमा बसेका छन् । यस्तै कोरोनाको कुनै लक्षण नदेखिएका गाहामगर भने होम आइसोलेशनमा बसेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार