Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • उपत्यकामा मात्रै ७७३ प्रहरीमा कोरोना संक्रमण


    मंगलबार, भाद्र २३ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै ७ सय ७३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ । प्रहरी प्रधान कार्यालयमा मात्रै  ७५ र काठमाडौं उपत्यकाका ६९८ जना सक्रिय संक्रमित छन् ।

    देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै हालसम्म तीन डीआईजीसहित कोरोना संक्रमितको संख्या २ हजार ३ सय ४ पुगेको छ ।

    ती संक्रमितमध्ये १ हजार १६ जनाले कोरोनालाई जितेर डिस्चार्ज भैसकेका छन् भने १ हजार ३ सय ४ जना अझै सक्रिय संक्रमित छन् ।

    प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १ सय ४२, प्रदेश २ मा ६४, बागमती प्रदेशमा ७२, गण्डकीमा ८३, प्रदेश ५ मा १ सय ९, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार