Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • गण्डकी प्रदेशमा थपिए ५९ कोरोना संक्रमित


    मंगलबार, भाद्र २३ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    पोखरामा ३१ सहित गण्डकी प्रदेशमा थप ५९ संक्रमित थपिएका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

    निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गोरखामा १०, बागलुङमा ९, नवलपुरमा ६, तनहुँमा तीन जना संक्रमित थपिएका हुन् ।

    पोखरामा देखिएका संक्रमितमध्ये गण्डकी मेडिकल कलेजमा एक जना बिरामी र पार्कल्याण्ड अस्पतालमा कार्यरत चिकित्सकवाहेक सबै पोखरा फुड्स प्रालिमा कार्यरत कर्मचारी हुन् । पोखरा फुड्मा संक्रमण पुष्टि भएका मध्ये २० पुरुष र ४ जना महिला हुन् ।

    निर्देशनालयले बिहान ११ः ४० बजे दिएको जानकारी अनुसार प्रदेशमा जम्मा संक्रमितको संख्या २ हजार ६ सय ६० पुगेको छ । प्रदेशमा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

    गण्डकी प्रदेशमा अहिलेसम्म १ हजार ७ सय ९७ जनाले कोराना संक्रमण मुक्त भैसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार