Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा ३७ सय संक्रमित, कुन वडामा कति?


    मंगलबार, भाद्र २३ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय लकडाउन अन्त्य हुँदा काठमाडौैंमा कोरोना संक्रमितको संख्या नगन्य थियो । समुदायमा कोरोना रहेको/नरहेको परीक्षण हुँदा समेत संक्रमित भेटिएको थिएन । 

    तर अहिले भने काठमाडौंमा कोरोना संक्रमण डढेलो झैं फैलिएको छ । काठमाडौंमा मात्रै ६ हजार ३ सय २६ जनामा संक्रमण पुष्टि भैसकेको छ । उपत्यकाका तीन जिल्लामा गरेर ८ हजार ५ सय ८१ जना संक्रमित छन्। 

    अहिले काठमाडौंको सबै वडामा कोरोना फैलिइसकेको छ । संक्रमित मध्ये आधा भन्दा धेरै होम आइसोलेशनमा रहेका छन् । उनीहरुमा कोरोनाको लक्षण नभएकाले होम आइसोलेशनमा बसेका छन् । कुल संक्रमितमध्ये  १२  सय २२ जना होम आइसोलेशनमा छन्।  ११  सय ४० जना अस्पताल तथा संस्थागत आइसोलेशनमा रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ।  हालसम्म काठमाडौंमा मात्रै २७ जना संक्रमितको मृत्यु भैसकेको छ । 

    महानगरको १३ स्थानमा भने सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । यसरी सबैभन्दा बढी संक्रमित भेटिएको स्थानमा स्वयम्भू र खुसिबू क्षेत्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । त्यस्तै कोटेश्वर, महाराजगञ्ज, त्रिपुरेश्वर, इनबहाल, कालिमाटी, कलंकी, बागबजार र मित्रपार्क छन् । 

    यस्तो छ वडा अनुसार संक्रमितको विवरण?

    • वडा नं १- नक्साल  ९७
    • वडा नं २-लाजिम्पाट २८
    • वडा नं ३- महारागञ्ज २२९
    • वडा नं ४-धुम्वाराही ११३
    • वडा नं ५-  हाँडीगाउँ ६६ 
    • वडा नं ६- बौद्ध ५४
    • वडा नं ७-  मित्रपार्क  ११८
    • वडा नं ८- जयवागेश्वरी ७६ 
    • वडा नं ९- गौशाला ६४
    • वडा नं १०- बानेश्बर ११५
    • वडा नं ११- त्रिपुरेश्वर १८७
    • वडा नं १२-  टेकु ४९
    • वडा नं १३- कालिमाटी १७१
    • वडा नं १४- कलंकी१७२
    • वडा नं १५- स्वायम्भु २९९
    • वडा नं १६- बालाजु २१
    • वडा नं १७- खुसीबुँ २५९
    • वडा नं १८- नरदेवी  ५३
    • वडा नं १९- कंकेश्वरी १५
    • वडा नं २०- भीमसेनस्थान १८
    • वडा नं २१-  लगन २५  
    • वडा नं २२- संकटा १९ 
    • वडा नं २३- ओमबहाल २२
    • वडा नं २४- मखन  २१
    • वडा न २५- नःघल ४५
    • वडा नं २६- लैनचौर १११
    • वडा नं २७-  इनबहाल १८३
    • वडा नं २८- बागबजार १३०
    • वडा नं २९- डिल्लीबजार ८८
    •  वडा नं ३०- ज्ञानेश्वर ४५
    • वडा नं ३१- शान्तिनगर ८०
    • वडा नं ३२-  कोटेश्वर २४० 
    • वडा नखुलेका  ५२० 
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार