Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • कोरोना संक्रमणबाट अर्घाखाँचीका ४२ वर्षीय पुरूषको मृत्यु


    मंगलबार, भाद्र २३ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाँकेमा उपचाररत अर्घाखाँचीको सितगंगा नगरपालिका– १२ का ४२ वर्षीय पुरूषको मृत्यु भएको हो ।

    नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तीन पुरुषको मंगलबार बिहान मृत्यु भएको हो ।

    साउन २७ गते टिपर दुर्घटनामा घाइते भएका ती पुरुष निमोनियाबाट पीडित थिए । उनमा उपचारको क्रममा भदौ ५ गते नै कोरोना संक्रमण पुष्टि भएको हो ।

    नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार