काठमाडौं । काठमाडौं महानगरपालिकाले कारोना संक्रमितकाे सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्न अपरेसन सेन्टर स्थापना गरेको छ। हरेक दिन कोरोना संक्रमित बढ्न थालेपछि कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो।
पहिलो चरणमा यसअघि बढी संक्रमित देखिएका वडाहरुमा स्वयंसेवकसहित स्वास्थ्यकर्मी परिचालन गरिसकिएको छ। कामपा जनस्वाथ्य विभाग प्रमुख हरि कुँवरका अनुसार ३२ वटै वडामा टोली बनाएर सोमबारबाट काम सुरु भइसकेको छ। यसबाट संक्रमितकाे पहिचान गर्न ठूलो सहयोग हुन्छ। यस कार्यलाई प्रभावकारी बनाउनकै लागि कामपाले १० जना जनस्वाथ्यकर्मीलाई करार सेवामा लिएको छ भने थप २० स्वयंसेवक पनि परिचालन गरिसकेको छ।