काठमाडौं । भक्तपुरबाट ठूलो मात्रामा लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाले १२ हजार ९ सय औटा विभिन्न एम्पुल लागु औषधसहित दुई जनालाई पक्राउ गरेको हो।
महाशाखा स्राेतका अनुसार पक्राउ पर्नेमा डम्बर प्रधान र अर्का एक जना छन्। उक्त लागुऔषध वीरगञ्जबाट भित्रिएको प्रहरीले जनाएको छ। कारोबारमा संलग्न अरुको खोजी सुरु भैसकेको महाशाखाले जनाएको छ।
डाइजापाम, प्रोमेथाजाइनलगायतका लागुऔषध बरामद भएका हुन्। यी औषधि डाक्टरको स्वीकृतिबिना बेच्न मिल्दैन। तर लागुऔषध बेचबिखन गर्नेहरुले यी औषधिलाई डाक्टरको स्वीकृतिबिनै बेच्ने गरेका छन्।