Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाको प्रमुख सचेतकमा प्रदिप नियुक्त


    शुक्रबार, जेष्ठ १२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभाको प्रमुख सचेतकमा प्रदिप यादवलाई नियुक्त गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रमुख सचेतकमा यादवलाई नियुक्त गरेका हुन् ।

    अध्यक्ष उपेन्द्र यादवले संघीय संसद सचिवालयलाई जसपाको विधान २०७८ को धारा १२ (१) अनुसार पर्साबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने यादवलाई प्रमुख सचेतकमा नियुक्ति गरिएको जानकारी दिएका छन् ।

    उनलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन तथा नियमानुसार पाउने सेवा सुविधा उपलब्ध गराइदिने व्यवस्था गर्न समेत आग्रह गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार