Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रुसले बनाएको कोरोना खोप भारतसहित पाँच देशमा तेस्रो परीक्षण हुँदै


    मंगलबार, भाद्र २३ २०७७
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका पाँच देशले परीक्षण गर्ने भएका छन् ।

    ‘स्पुनिक–५’ नाम दिइएको यो खोप भारतसहितका पाँच देशमा यही महिनामा तेस्रो परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जानकारी दिएका छन् ।

    रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले भारत, साउदी अरब, यूएई, फिलिपिन्स र ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो ।

    यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो । भारत, साउदी अरब, यूएई, फिलिपिन्स र ब्राजिलमा तेस्रो चरणको परीक्षण गर्न लागिएको दिमित्रभले बताए ।

    खोपको परीक्षणको नतिजा अक्टोबरदेखि नोभेम्बरसम्ममा आइसक्ने बताइएको छ । कोषले गएको अगस्ट ११ तारिखमा यो खोप विकास गरेको घोषणा गरेको थियो । रुसी वैज्ञानिकहरूले कोरोनाभाइरस विरुद्ध तयार गरिएको ‘स्पुनिक–५’ खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन् ।

    खोपको परीक्षणको पहिलो प्रतिवेदनमै उनीहरूले त्यस्तो दाबी गरेका थिए । गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आवश्यक सबै परीक्षणका मापदण्ड खोपले पूरा गरेको र आफ्नी छोरीमा पनि परीक्षण गरिएको बताएका थिए । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार