Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवादित रेलको ठेक्का स्थगित


    मंगलबार, भाद्र २३ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विवादित रेलको ठेक्का रद्द भएको छ । पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्ड निर्माणको टेण्डर प्रक्रियादेखि नै विवाद हुँदैआएको थियो । जग्गा नै अधिग्रहण नगरी हचुवाका भरमा टेण्डर गरी प्याकेज बनाएर प्रतिस्पर्धालाई सीमित गर्न खोजिएकोबारेमा धेरै नै बिरोध भएपछि रेलमार्गको ठेक्का रद्द भएको छ ।

    118840164_323684508838240_6094815155664497740_n.jpg

     रेल, मेट्रोरेल र मोनोरेल डेभलपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित गरेको छ । जग्गा अधिग्रहण र मुआब्जा बितरणको टुंगो नलाग्दै सरकारले रेल मार्ग निर्माणको टेण्डर गरेपछि मोविलाइजेसनको लगभग ६ अर्ब रुपैयाँ चप्काउने दाउमा ठेकेदारहरु थिए । तर प्रोजेक्ट नै रद्द भएपछि ठेकेदारहरुको रुवाबासी भएको छ । करिब ३२ अर्ब बराबरको रेलको ठेक्कामा प्रधानमन्त्री कार्यालय नै मुछिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार