Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजदूत शर्मा र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता


    बिहिबार, जेष्ठ ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

    राजदूत शर्माले सामाजिक सञ्जालमार्फत् विदेशमन्त्री जयशंकरको कार्यकक्षमा बिहीबार भएको भेटबारे जानकारी दिएका छन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण अर्को साता हुँदै छ। भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्ने तयारी छ।

    प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल गर्न राजदूत शर्माले विदेश मन्त्री जयशंकरसँग भेट गरेको देखिन्छ।

    भेटमा दुबै जनाले आगामी दिनमा नेपाल भारत सम्बन्धलाई झन् गहिरो र मजबुद् बनाउने इच्छा र प्रतिवद्धता व्यक्त गरेको राजदूत शर्माले बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार