काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । लोसपा मधेस प्रदेशका प्रदेशसभा सदस्य रमेश पटेलको नेतृत्वमा सो पार्टी आज सरकारमा सहभागी हुने भएको ।
वन तथा वातावरण मन्त्रालय सम्हाल्ने गरी सरकारमा जाने निर्णय भएको सो पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।
‘अरू थप मन्त्रालयको बारेमा छलफल चलिरहेको छ, तर अहिले एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने सहमति भएको छ’ सोनलले भने । पार्टीका तर्फबाट पटेलले वन मन्त्रीको रूपमा शपथ लिने उनले जानकारी दिए ।
लोसपा केन्द्रीय सरकारमा सहभागी भएको छ । केन्द्रमा एउटा मन्त्रालय लिएको लोसपाले मधेस प्रदेशमा दुईवटा मन्त्रालय माग गरिरहेको छ । तर एउटा मन्त्रालयमा सहमति भएको छ । गठबन्धनको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेसँगै मधेसमा पहिलो चरणमा जसपाले त्यसको नेतृत्व गरिरहेको छ ।
मुख्यमन्त्री सरोज यादवले मन्त्रिपरिषद् विस्तार गर्दा एकलौटी ढङ्गबाट गरेको भन्दै माओवादी केन्द्र, लोसपा र जनमत पार्टी असन्तुष्ट थिए । मुख्यमन्त्री यादवले पहिला कृषि मन्त्री रहेका जनमतका वसन्त कुशवाहा र कृषि राज्यमन्त्री सञ्जय यादवलाई अहिले विना विभागीय मन्त्री बनाएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend