कावासोती। नवलपुरको देवचुलीमा गैँडाले आक्रमण गर्दा १ जना पुरुष घाइते भएका छन् ।
महाराजा सामुदायिक वनमा देवचुली नगरपालिका वडा न १० का अन्दाजी ५१ वर्षीय कृष्णबहादुर क्षेत्रीलाई बिहान सवा ८ बजेतिर गैँडाले आक्रमण गरेको हो । देवचुली १० मा रहेको सिद्धबाबा ग्यास उद्योगको पछाडि रहेको वन क्षेत्रमा बाख्रा चराउन गएका क्षेत्रीलाई गैँडालाई आक्रमण गरेको थियो ।
गैँडाको आक्रमणबाट घाइते भएका क्षेत्रीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए । गैँडाको आक्रमणबाट घाइते क्षेत्रीको खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ ।
केही दिन अघि देवचुली १० मा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो। बारम्बार गैँडाको आतङ्क हुँदा समेत निकुञ्जमा नियन्त्रणको लागि अनुरोध गर्दा चासो नदिएको स्थानीयले बताए ।
काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा.गोविन्द केसीले इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका छन् । उनले बिहीबार...
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । आज इजलास बस्नु अगाडि शर्माले फुलकोर्ट बोलाएका हुन् । पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द...
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको...
काठमाडौँ। सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमलाई विस्तार गर्ने भएको छ। अब बिल लिने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend