Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गैँडाको आक्रमणबाट एक पुरुष घाइते


    बिहिबार, जेष्ठ ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कावासोती। नवलपुरको देवचुलीमा गैँडाले आक्रमण गर्दा १ जना पुरुष घाइते भएका छन् ।

    महाराजा सामुदायिक वनमा देवचुली नगरपालिका वडा न १० का अन्दाजी ५१ वर्षीय कृष्णबहादुर क्षेत्रीलाई बिहान सवा ८ बजेतिर गैँडाले आक्रमण गरेको हो । देवचुली १० मा रहेको सिद्धबाबा ग्यास उद्योगको पछाडि रहेको वन क्षेत्रमा बाख्रा चराउन गएका क्षेत्रीलाई गैँडालाई आक्रमण गरेको थियो ।

    गैँडाको आक्रमणबाट घाइते भएका क्षेत्रीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए । गैँडाको आक्रमणबाट घाइते क्षेत्रीको खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ ।

    केही दिन अघि देवचुली १० मा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो। बारम्बार गैँडाको आतङ्क हुँदा समेत निकुञ्जमा नियन्त्रणको लागि अनुरोध गर्दा चासो नदिएको स्थानीयले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार