Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • गैँडाको आक्रमणबाट चितवनमा १ जनाको मृत्यु, १ जना घाइते


    शनिबार, जेष्ठ ६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भरतपुर। गैँडाको आक्रमणबाट पश्चिम चितवनमा १ जनाको ज्यान गएको छ भने अर्का १ जना घाइते भएका छन्।

    मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा शुक्रबार बिहान ११ बजे गैँडाले आक्रमण गरेको हो। गैँडाको आक्रमणबाट गम्भीर घाइते पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा ११:४५ बजे मृत्यु भएको हो।

    यस्तै गैँडाको आक्रमणबाट स्थानीय ५७ वर्षीय टङ्कनाथ रेग्मी घाइते भएका छन्। रेग्मी सामान्य घाइते भएको र उपचारपश्चात् घर फर्किएको कार्यालयले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार