Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अदालतमा बिचाराधीन मुद्दामा रवि लामिछानेको धम्की


    बिहिबार, जेष्ठ ११ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौ । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले अमेरिकी पासपोर्ट त्यागेको निस्सा नलिएको बारेमा परेको मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ । अदालतमा मुद्दा बिचाराधीन हुँदाहुँदै लामिछानेले घण्टीलाई बजाउन मात्र होइन, घन्टीले बजाउन पनि मिल्छ भन्ने धम्कीयुक्त टिप्पणी गरेका छन् ।

    उनले लेखेका छन्- मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।

    १) सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।
    २) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
    ३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।
    ४) घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार