तनहुँ । अवकाशको मुखमा कार्यालय प्रमुख जस्तो महत्वपूर्ण जिम्मेवारी दिनु नहुने मान्यता निजामतीेदेखि प्रहरी प्रशासनमा ब्याप्त छ ।
त्यस्तो मान्यताबिपरीत नेपाल प्रहरीका एसपी अवधेश बिष्ट जिल्ला प्रहरी कार्यालय तनहुँको इन्चार्ज छन् । उनको अवकाश हुन एक बर्ष पनि बाँकी छैन । अवकाशको सम्मुखमा जिल्लाको इन्चार्ज हुने मौका पाएका उनले त्यसलाई अतिरिक्त कमाइका लागि प्रयोग गर्ने गरेको आरोप छ ।
तनहुँमा संचालित क्रसर उद्योगबाट ढुंगा गिटी बोकेर गएका १४ वटा ट्रिफर उनले सोमबार दुलेगौंडामा नियन्त्रणमा लिएका छन् । गिटी बालुवा बोकेका ती टिफरले भ्याट र निकासी कर तिरेको भए पनि एसपी बिष्टको निर्देशनमा रोकिएको छ ।
क्रसर अबैध रुपमा संचालित भए प्रहरीले सरोकारवाला निकायको सिफारिसमा बन्द गराउनसक्छ । तर भ्याट र निकासी कर बैधानिक रुपमा संचालन भएका टिफर रोक्ने एसपीको कार्यलाई असुलीका लागि गरिएको आरोप लागेको छ ।
नेपाल प्रेस युनियन तनहुँका उपाध्यक्ष तथा पत्रकार प्रकाश अधिकारीले लेखेका छन्–‘तनहुँका एसपीको ठाडो निर्देशनमा भ्याटबिल र निकासी कर तिरेका १४ वटा भन्दा बढी ट्रिफरलाई दुलेगौंडामा नियन्त्रणमा लिइएको छ । क्रसर ब्यवसायीले एसपीलाई बिगतमा भएको जस्तै…घन्टे लगाउलान् जस्तो छ ।’
क्रसर ब्यवसायीले नियसंगत काम गर्दा समेत दुःख दिएको गुनासो गरेका छन्
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend