तनहुँ । अवकाशको मुखमा कार्यालय प्रमुख जस्तो महत्वपूर्ण जिम्मेवारी दिनु नहुने मान्यता निजामतीेदेखि प्रहरी प्रशासनमा ब्याप्त छ ।
त्यस्तो मान्यताबिपरीत नेपाल प्रहरीका एसपी अवधेश बिष्ट जिल्ला प्रहरी कार्यालय तनहुँको इन्चार्ज छन् । उनको अवकाश हुन एक बर्ष पनि बाँकी छैन । अवकाशको सम्मुखमा जिल्लाको इन्चार्ज हुने मौका पाएका उनले त्यसलाई अतिरिक्त कमाइका लागि प्रयोग गर्ने गरेको आरोप छ ।
तनहुँमा संचालित क्रसर उद्योगबाट ढुंगा गिटी बोकेर गएका १४ वटा ट्रिफर उनले सोमबार दुलेगौंडामा नियन्त्रणमा लिएका छन् । गिटी बालुवा बोकेका ती टिफरले भ्याट र निकासी कर तिरेको भए पनि एसपी बिष्टको निर्देशनमा रोकिएको छ ।
क्रसर अबैध रुपमा संचालित भए प्रहरीले सरोकारवाला निकायको सिफारिसमा बन्द गराउनसक्छ । तर भ्याट र निकासी कर बैधानिक रुपमा संचालन भएका टिफर रोक्ने एसपीको कार्यलाई असुलीका लागि गरिएको आरोप लागेको छ ।
नेपाल प्रेस युनियन तनहुँका उपाध्यक्ष तथा पत्रकार प्रकाश अधिकारीले लेखेका छन्–‘तनहुँका एसपीको ठाडो निर्देशनमा भ्याटबिल र निकासी कर तिरेका १४ वटा भन्दा बढी ट्रिफरलाई दुलेगौंडामा नियन्त्रणमा लिइएको छ । क्रसर ब्यवसायीले एसपीलाई बिगतमा भएको जस्तै…घन्टे लगाउलान् जस्तो छ ।’
क्रसर ब्यवसायीले नियसंगत काम गर्दा समेत दुःख दिएको गुनासो गरेका छन्
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend