Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ए डिभिजन लिग : फ्रेण्ड्समाथि आर्मीको जित


    सोमबार, जेष्ठ ८ २०८०
    2.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबमाथि ३–० को जित हात पारेको छ । आज ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्लेक्समा भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लवलाई ३–० गोल अन्तरले हराउँदै आर्मी लिग तालिकाको पाँचौ स्थानमा पुगेको हो। हारपछि फ्रेण्ड्सलाई रेलिगेशन डर कायमै रहेको छ ।

    आर्मीलाई जित दिलाउनका लागि जगजित श्रेष्ठले २६ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

    नवयुग श्रेष्ठले ७५औं मिनेटमा गोल गर्दा सुदिल राईले इन्जुरी समयमा गोल थप्दै टोलीलाई स्पष्ट अंक दिलाउन सफल भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार