Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाभाइरस सालकबाट सरेको आशंका


    शुक्रबार, चैत्र १४ २०७६
    720
    Shares
  • २ मिनेट पाठ
  •  काठमाडौं, १४ चैत । चीनबाट फैलिएको कोरोना भाइरस सालकबाट मानिसमा फैलिएको अनुमान लगाइएको छ । 

     तस्करी गरिएका सालकमा अहिले विश्वभर महामारी फैलिएको भाइरस जस्तै फेला परेपछि यो तथ्य बाहिर आएको हो ।

    वैज्ञानिकहरुले गरेको अनुसन्धानले भविष्यमा आउनसक्ने यस किसिमको महामारीबाट बच्न जंगली जनावरको बजारमा कडाइका साथ रोक लगाउनुपर्ने बताएका छन् ।

    सालक सबैभन्दा धेरै अवैधरुपमा तस्करी हुने स्तनपायी जनावर हो । यसको प्रयोग खाना र परम्परागत उपचारको लागि पनि गरिन्छ । जर्नल नेचरमा प्रकाशित शोधको अनुसार यी जनावरलाई चलाउँदा निकै सतर्कता अपनाउनु पर्छ । भविष्यमा पनि यस्ता भाइरस मानिसमा सार्न उनीहरुको भूमिकबारे थाहा पाउन निरन्तर निगरानी राख्नु पर्ने शोधकर्ताहरुले बताएका छन् ।

    यो अनुसन्धानको नेतृत्व गरेका हङकङ यूनिभर्सिटीका डा। टोमी लामले महामारीसँग सम्बन्धित कोरोना भाइरसको दुई समूह मलेसियाबाट तस्करी गरेर ल्याइएका सालकमा पहिचान गरिएको बताए । तर, अहिलेसम्म कोरोना भाइरस ९कोभिड–१९० को महामारी फैलाउन सालकले खेलेको भूमिका भने स्पष्ट हुन सकेको छैन । लामका अनुसार आगामी दिनमा पनि जनावरबाट मानिसमा सर्न सक्ने कुनै पनि संक्रामक रोगबाट बच्न यस्ता जंगली जनावरको बिक्रीमा रोक लगाउनुपर्ने उनको भनाइ छ ।

    अहिले पनि यो भाइरस कसरी जंगली जनावर सम्भवतः चमेराबाट अन्य जनावर र त्यसपछि मानिसमा सर्‍यो भन्ने कुरा रहस्यमै छ । यो भाइरससँग चमेरा र सालक दुवै संलग्न रहेको पत्ता लागेको छ । तर, अझै पनि यसको वास्तविक अनुक्रम के हो भन्ने खुल्न सकेको छैन ।

    मलेसियाबाट आएका सालकमा यो भाइरस पत्ता लाग्नुले यिनीहरुले भाइरसलाई कहाँ राखेका थिए भने प्रश्न उठेको लाम बताउँछन् । यो भाइरस चीन वा दक्षिण पूर्वी एसियाबाट आएकोमा अझै अन्योलता देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार