Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागरिक उन्मुक्ति पार्टीको नेपाल बन्द फिर्ता


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले ६ गतेदेखि १० गतेसम्म गर्ने नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ । आज पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति गर्दै सबै बन्दका कार्यक्रम फिर्ता लिइएको बताएका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्‍दै उनले सरकार पक्षसँग भएको सम्झौता सारकारात्मक भएको महसुस भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

    ‘सरकार पक्षबाट सम्माननीय प्रधानमन्त्री ज्‍यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भैसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्‍ने प्रतिवद्धता संसदमै जाहेर गर्नुभएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सारकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार