कास्की । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) घनश्याम अर्याललाई कोरोना संक्रमण भएको छ । उनीमा कोरोनाको कुनै लक्षण भने छैन ।
यसअघि नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना पुष्टि भएको थियो । अर्याल उनको सम्पर्कमा आएका थिए । सोही आधारमा कन्ट्याक्ट ट्रेसिङ गर्दा उनको स्वाब परीक्षणको परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।
आइतबार रिपोर्ट दिँदै प्रदेश स्वास्थ्य निर्देशनालयले अर्याललाई कोरोना भएको पुष्टि गरेको हो ।