काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका संरक्षक रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गर्ने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै सो पार्टीले कोणसभा र प्रदर्शनबाट माग पुरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने घोषणा गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी रेशम चौधरीलगायत टीकापुर घटनामा दोषी ठहरिए पछि जेलमा रहेकालाई रिहा गर्न माग गरे ।
यी माग पुरा नभए नेपाल बन्द सम्मका कार्यक्रम ल्याइने बताउँदै उनले पाँच गतेसम्म देशैभरि कोणसभा तथा विरोध प्रदर्शनका कार्यक्रम गर्ने बताए । त्यसपछि पनि माग पुरा नभए जेठ ६ गतेदेखि नेपाल बन्द कार्यक्रम ल्याउने चेतावनी उनले दिए । यो अदालती मुद्दा नभई राजनीतिक मुद्दा भएकाले सरकारले तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा पण्डितले जोड दिए ।
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend